चैत ८, २०८०

यस कार्यालयमा तपसिलको मितिमा बायोमेट्रिक लिई राजश्वसमेत भुक्तानी गरी लिखित परीक्षा दिन आवश्यक पर्ने परीक्षार्थीहरुको लिखित परीक्षा तपसिल बमोजिमको मिति, समय र स्थानमा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।

तपसिल:

क्र.सं.

राजश्व भुक्तान मिति

लिखित परिक्षा मिति

१.

2080/1१/27 गते आईतबारदेखि 2080/12/08 गते बिहीबारसम्म

2080/12/09 गते शुक्रबार

उपरोक्त मितिमा निम्न समयानुसार आफ्नो सि.नं. सहित उपस्थित हुनुहुन:

  1. समय:
  • सि.नं. 1 देखि 90 सम्म – बिहान १1:0० बजे
  • सि.नं. 91 देखि 186 सम्म – बिहान 11:40 बजे
  1. स्थान: तानसेन बहुमुखी क्याम्पस, ता.न.पा.-07, काजिपौवा ।

नोट:

  • लिखित परीक्षामा सवारी तथा यातायात व्यवस्था सम्बन्धी कानुनी प्रावधान, ट्राफिक नियमको पालना तथा सवारी साधनको प्राविधिक पक्ष सम्बन्धी सामान्य व्यवहारिक ज्ञानका विषय समेटी पूर्णाङ्क 100 रहने गरी ४/४ अङ्कका जम्मा २५ वटा बस्तुगत बहुउत्तर प्रश्नहरु सोधिनेछन् ।
  • लिखित परीक्षाको समयावधी ३० मिनेटको हुनेछ ।
  • लिखित परिक्षामा न्यूनतम ६० (साठी) अङ्क प्राप्त गर्ने परीक्षार्थी उत्तिर्ण हुनेछ ।
  • प्रश्नपत्र र उत्तरपुस्तिका अलग अलग सिट प्राप्त हुनेछ ।
  • उत्तरपुस्तिकामा अनिवार्य रुपमा आफ्नो प्राप्त गरेको प्रश्नपत्रको सेट उल्लेख गर्नुपर्नेछ । अन्यथा परीक्षाफल रद्द हुनेछ ।
  • उत्तरपुस्तिकामा सही उत्तरमा (l) चिन्ह लगाउनु पर्नेछ । उत्तरपुस्तिकामा टिक (ü) लगाएमा गल्ती हुनेछ ।

पुनश्च: लिखित परीक्षामा उपस्थित हुने परीक्षार्थीहरुले आफ्नो साथमा प्रवेश पत्र, सक्कलै नागरिकता र राजश्व भुक्तानी गरेको नगदी रसिद अनिवार्य रुपमा लिई आउनु पर्नेछ। अन्यथा परीक्षामा सहभागी गराइने छैन ।

  • वर्ग E D बाट थप गर्दा लिखित परीक्षामा अनिवार्य सहभागी हुनुपर्नेछ ।
  • तोकिएको मिति र समयबाहेक अन्य समयमा लिखित परीक्षामा समावेश गराइने छैन ।
  • परीक्षा हलमा मोबाईल फोनको प्रयोग पूर्ण रुपमा बर्जित गरिएको छ ।