यातायात व्यवस्था सेवा कार्यालय पाल्पा, लुम्बिनी प्रदेश सरकार उद्योग तथा यातायात व्यवस्था मन्त्रालय मातहत रहेको कार्यालय हो । वि.सं. २०७१ साल मंसिर १० गते पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नं. ६ मा स्थापना भएको कार्यालय संघीय संरचना परिर्वतन भएसंगै प्रदेश सरकार मातहत रुपान्तरण भएको हो । कार्यालयबाट ब्लु बुक नविकरण, रुट परमिट नविकरण, सवारी जाँच पास, यातायात कर संकलन र अस्थायी बाटो इजाजत (पटके) पास दिने कार्य लगायत अहिले मोटरसाईकल र स्कुटर वर्गको नयाँ लाईसेन्स जारी समेत हुने र स्मार्टकार्ड लाईसेन्स नविकरण समेत हुने  गर्दछ । यस कार्यालयबाट लुम्बिनी प्रदेशका मुख्यगरी पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाका सेवाग्राहीहरुले बढी लाभ लिने गरेका छन् ।